Skip links

नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्छ : सरोकारवाला

काठमाडौं । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दिगो विकास सम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) का उपकार्यकारी निर्देशक एलेन किलाजियानले ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’लागू हुनुपर्ने बताए ।

यसले नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्न र अन्ततः दक्षिण एसियाको पानीको ब्याट्री बन्ने आफ्नो जलवायु दायित्व पूरा गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

उनले इन्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत् कंग्रेसका बारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत् विकास पहलमा सहयोग पुर्‍याउन एचएसए नेपाल आएको बताए ।

उनले शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा ध्यान केन्द्रित गर्नु महत्वपूर्ण पक्ष रहेको बताए ।

उनले जलविद्युतको विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति रहेको र यसलाई दीर्घकालीन रुपमा पनि दिगो बनाउन आवश्यक रहेको उल्लेख गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिए ।

उनले ऊर्जामन्त्रीले संसद्को तल्लो सदनमा पेश गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समान रुपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

ऊर्जा मन्त्री शक्ति बस्नेतले मुलुकको जलविद्युत् सम्भाव्यताको दोहन गर्न सरकार प्रतिवद्ध रहेको चर्चा गर्दै उर्जा मन्त्रीको हैसियतले नेपालको दिगो विकासका लागि जलविद्युतले निर्वाह गर्ने महत्वपूर्ण भूमिकालाई आफूले बुझेको उल्लेख गरे ।

उनले आगामी एक दशकभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको बताए । मन्त्री बस्नेतले केही प्राथमिकता प्राप्त आयोजनामा दिगो लगानी आकर्षित गर्न सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय जलविद्युत् संघका उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए ।

अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनहरूमा नेपाली प्रतिनिधिहरूले लगानी आकर्षित गर्ने गरी हाम्रो सफलताका कथाहरू सुनाउनु पर्ने पोखरेलको भनाइ छ । उनले लगानीकर्ताका लागि प्रभावकारी एकद्वार नीतिले देशलाई फाइदा पुग्ने समय आएको पनि उल्लेख गरे ।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए । उनले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर सबै सरोकारवालाले सोध्नुपर्ने प्रश्न नेपालले त्यो विद्युत् कहाँ निर्यात गर्ने र कसरी गर्ने भन्ने प्रश्न रहेको बताए ।

कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका अध्यक्ष अरुण रजौरियाले जलवायु–लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासको लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताए ।

सम्मेलनको उद्घाटन सत्रमा इपान, एचएसए र आईएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य जलविद्युतको माध्यमबाट दिगो विकासको लागि भएको कार्यक्रममा बताइयो । समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । दुवै हस्ताक्षरको साक्षी मन्त्री बस्नेत थिए ।

मन्त्री बस्नेतलाई हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सका उपकार्यकारी निर्देशक एलेन किलाजियान र स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहलाई स्मारिका प्रदान गरेका थिए ।

Source: Online Khabar

Leave a comment

Bhumika Khadka
Office Assistant

  • Dreamer with a vision for positive change.
  • Pursuing Bachelor of Social Work to create a lasting impact.
  • Dedicated to giving back to society and fostering compassion for all.

Suman Dahal
Civil Engineer

  • Former Consultant Engineer for Schools Reconstruction and Retrofitting at UMAR MUNSHI ASSOCIATES.
  • Bachelor in Civil Engineering From TU, Nepal
  • Expert in Supervision & Quality Control in Construction Work and Contract Management.

Yubaraj Subedi
Public Relation Officer

  • Executive PR Officer, Hydro Village
  • Executive PR Officer, Sushmit International
  • Expertise in networking & negotiation with government agencies

Om Hari Pokharel
Senior Account Officer

  • Assistant Account Officer, Hydro Village
  • Accountant, Sushmit International
  • Expertise in analyzing Financial Statement

Amita Pandey
Senior Communication Officer

  • Experienced in Social- Media Management
  • Proficient in international communication
  • Content Writer, Click and Press

Krishna Bahadur Kumal
Technical Coordinator

  • Project Engineer, Hydro Village
  • MSc. in Water Science & Engineering, IHE Delft, Netherland
  • Former project Engineer, Hydro Village
  • Well versed in contract law, dispute resolution/ arbitration & FIDIC Conditions of Contract

Diwakar Giri
Investment Consultant

  • Chartered Accountant, Institute of Chartered Accountant of India
  • Former Finance Officer, Vision Lumbini Urja Company Limited
  • Expertise in Financial analysis and investment activities

Umesh Bhandari

Investment Coordinator

  • Director, Bizbell Energy
  • Director, International Infra Builders
  • Experienced in Public sector networking

Sudarshan Pokharel
Director

  • Director, Sushmit Energy
  • Director, Sushmit International
  • Young entrepreneur in media & broadcasting

Dr. Samiksha Koirala
Director

  • Director, Hydro Village
  • PhD in Media and Communication, University of Oslo, Norway
  • Think Tank Member, Ministry of Women Children and Senior Citizen
Sushil Pokharel Founder
  • Director, Hydro Village
  • Executive Chairperson, Sushmit Energy
  • Successful energy entrepreneur
Dr. Khagendra Pd. Ojha Advisor
  • Chairman, Nepal Portfolio Energy
  • Chairman, Global College International
  • Visionary entrepreneur in education and energy sector
Prof. Anjan Kumar Dahal Advisor
  • Advocate and Director, Biz Serve Legal
  • Legal Advisor, Nepal Republic Media
  • Pioneer in the field of Foreign Direct Investment